जलेश्वर अस्पतालमा औषधि अभाव

0
Shares

medicines-l

महोत्तरी, १९ भदौ – महोत्तरीको सदरमुकामस्थित जिल्ला अस्पताल जलेश्वरमा ओपिडीमा अतिआवश्यक औषधिको अभाव देखिएको छ ।

पारा सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोपmलोक्सासिन लगायतका ज्वरो, पखालाका अति आवश्यक औषधि तथा एन्टी बायोटिकजस्ता औषधि जिल्ला अस्पताल जलेश्वरको ओपिडी शाखामा अभाव देखिएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले अन्य ठाउँभन्दा जलेश्वर अस्पतालमा औषधि पर्याप्त रहे पनि अतिआवश्यक औषधि नपुग रहेकाले औषधिको व्यवस्थापनमा आफू लागेको र सक्दो चाँडै जलेश्वर अस्पताल तथा अन्य स्वास्थ्यचौकीमा औषधिको पूर्ति गरिसक्ने बताए ।

सेवाग्राहीले महिनौँदेखि औषधि अभाव रहेको बताउँदै अस्पताल र जनस्वास्थ्य प्रमुखलाई बिरामी र अस्पतालबारे कुनै चासो नराखेको गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा निःशुल्क ७० प्रकारका औषधि पाइने जनाइए पनि हाल जम्मा १५ देखि २० प्रकारका औषधि मात्र पाइने गरिएको छ जसमध्ये पनि अस्पतालमा पाइने ती औषधि खासै प्रभावकारी नरहेको उनीहरुको गुनासो छ । हाल अस्पतालमा उपचारका लागि आउनेहरु रित्तै हात फर्कन बाध्य भएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *