५९ जना सहसचिवहरुको सरुवा : स्वास्थ्यमा निरौला भित्रिए, कुँवर बाहिरिए

740
Shares

काठमाडौँ, २ भदौ । सरकारले गत साता ५९ जना सहसचिवहरुको सरुवा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक जना परेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५९ जना सहसचिवहरुको सरुवा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुवर पनि सो सूचीमा परेका हुन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

उनको ठाउँ लिन स्वास्थ्यमा सहसचिव ढुण्डीप्रसाद निरौला आएका छन् । निरौला यसअघि भन्सार विभागको महानिर्देशक थिए ।
सम्भवत निरौलाले अब स्वास्थ्यको कर्मचारी प्रशासन महाशाखा सम्हाल्ने छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *