हैजा संक्रमितको संख्या ५० पुग्यो, सबैभन्दा बढी ललितपुरमा

68
Shares

काठमाडौँ, २९ साउन । साउन लागे यता हैजा संक्रमितको संख्या ५० पुगेको छ । यद्धपी अहिले अस्पतालमा ३ जना मात्रै उपचारमा रहेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुर, काठमाडौँ, प्युठान र कैलालीमा गरी संक्रमितको संख्या ५० पुगेको हो ।

महाशाखाले संक्रमित धेरै जसो निको भएर घरमा रहेको र अहिलेसम्म कसैको मृत्यु नभएको स्पष्ट पारेको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै ललितपुरमा ३८ जना पुगेको छ । त्यसपछि कैलालीमा ८, प्यूठान र काठमाडौँमा समान २–२ रहेको छ ।

महाशाखाले प्रदेश र स्थानीय तहसंग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा दु्रुत प्रतिकार्यटोली परिचालन गरि नियमित केश अनुसन्धान, बिरामीको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको लक्षणको निगरानी गर्ने गराउने कार्य भइरहेको जनाएको छ ।

उसले एकै टोलमा एक साता भित्र ५ जना भन्दा बढी झाडा पखलाका बिरामीहरु देखा परेमा इडिसिडीको टोल फ्रि नं १११५ मा जानकारी गराउने व्यवस्था रहेको जानकारी दिएको छ ।

महाशाखाले झाडापखाला र हैजाका बिरामीहरुको सरकारी र निजी गरी १४४ वटा अस्पतालबाट नियमित रुपमा निगरानी भइरहेको समेत उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *