खारेज भएको चार वर्ष पछि नर्स जीता बरालले पाइन पुरानै लाईसेन्स

काठमाडौँ, २७ चैत । नेपाल नर्सिङ परिषद्ले एक जना नर्सको लाइसेन्स खारेज गरेको चार वर्ष पछि पुन फिर्ता गरेको छ । परिषद्को बिहीबार (हिजो) बसेको बोर्ड बैठकले नर्स जीता बरालको चार वर्ष अघि दर्ता कितावबाट हटाएको दर्ता नम्बर (लाइसेन्स)लाई पुन: कायम गर्ने निर्णय गरेको छ ।
त्यसरी लाइसेन्स कायम गर्न परिषद्ले उच्च अदालत पाटनको आदेशलाई समेत टेकेको उल्लेख गरेको छ ।
बरालले दर्ता कितावबाट आफ्नो लाइसेन्स हटाउने परिषद्को निर्णय खारेज गर्दै हटाइएको लाइेसन्स पुन कायम गरी दर्ता गरी पाउँ भन्दै दायर रिटको पक्षमा उच्च अदालत पाटनले २०८० जेठ २ गते आदेश जारी गरेको थियो ।
सोही आधार तथा नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा (२)(३) र नेपाल नर्सिङ परिषद् नियमावली २०६५ को नियम (६) १ अनुसार बरालको पुरानो लाईसेन्स नम्बर ८८९४ लाई कायम गर्ने भनिएको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 