त्रिवि शिक्षण अस्पतालमा १२ दिन देखि उपचाररत केपी ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

त्यहि रहेका पूर्वमन्त्री दीपक खड्का कहिले डिस्चार्ज होलान् ?

काठमाडौँ, २५ चैत । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको १२ दिन भयो । पूर्व प्रधानमन्त्री नै भए पनि अस्पतालले उनको औपचारिक रुपमा स्वास्थ्य अवस्थाको बारेमा सार्वजनिक सूचना गर्न छाडेको छ ।

अनौपचारिक रुपमा भने चिकित्सकहरुले उनको अवस्था सामान्य नै रहेको बताएका छन् । तर उनलाई अहिले पनि एनेक्स -१ मा रहेको भिभिआईपी क्याविन नं ५०१ मा राखेर उपचार गरिएको छ ।

अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसयाराले ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य नै रहेको बताए । तर उनले रगतमा भएको संक्रमण नियन्त्रणका लागि अहिले पनि ओलीको औषधी (एन्टीबायोटिक) निरन्तर चलेको बताए । ‘सम्भवत पर्सी सम्मका लागि औषधी छ, त्यो कोर्ष पुरा नगरी त पठाउन मिल्दैन । त्यसैले रोकिईरहनु भएको हो,’ रोसयाराले भने ।

त्यसो त ओलीले आफ्नो पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिदिनका लागि चिकित्सकहरुलाई निरन्तर आग्रह गरिरहेका छन् । त्यसबारेमा चिकित्सकहरुले आज निर्णय दिने पनि रोसयाराले बताए । ‘पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्ने कि नगर्ने भन्ने विषयमा आज चिकित्सक टोलीले निर्णय गर्नु हुनेछ,’ उनले भने ।

यस्तै ओली पछि अको दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पूर्व मन्त्री दीपक खड्काको पनि स्वास्थ्य अवस्था सामान्य उन्मुख छ । तर कमजोर भएका कारण उनलाई अस्पतालमा राखिएको प्रवक्ता रोसयाराले बताए । ‘अरु सबै कुरा नर्मल नै छ, तर अलि कमजोर हुनु भएकोले अस्पतालमा राखिएको छ,’ उनले सम्छिप्त जानकारी दिए ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनको छानविन गर्न गठित गौरीबहादुर कार्की संयोजक रहेको छानवीन आयोगले पूर्वप्रधानमन्त्री ओलीलाई दोशी ठहर गर्दै छानवीन अघि बढाउन निर्देशन दिएपछि प्रहरीले गत १४ चैत विहानै उनलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएर स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा लैजाँदा मुटुको धडकनमा गडबडी देखिएपछि त्यहि भर्ना गरिएको हो । उनको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले विशेषज्ञहरुको टोली गठन गरेको छ ।

त्यहि भर्ना भएका मन्त्री खड्कालाई भने सम्पत्ती शुुद्धिकरण केशमा थप छानविनका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रण पछि उनी पनि अस्वस्थ भएको भन्दै अस्पतालमा रहेका छन् ।

उनी शिक्षण अस्पताल एनेक्स २ को ६०८ नम्बर क्याविनमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *