सरकारी कार्यालय तथा शिक्षण संस्थामा अब शनिबार र आइतबार सार्वजनिक विदा

काठमाडौं, २२ चैत । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन यस्तो निर्णय गरिएको जानकारी दिए ।
उनले अरु दिन सरकारी कार्यालयको समयावधी विहान ९ देखि अपरान्ह ५ बजेसम्म हुने र शैक्षिक संस्थाको हकमा सुरुवातको समय यथावत रहेको समेत प्रष्ट पारे ।
सरकारले यो निर्णय २३ चैत (सोमबार) भोलि देखि लागू हुने बताएको छ ।
पश्चिम एशियामा युद्ध जारी रहँदा पेट्रोलियम पदार्थ तथा ग्याँस आपूर्तिमा समस्या भएको छ । यसले हरेक क्षेत्रमा मूल्य बृद्धि तथा अत्यावश्यक औषधीहरुको आपूर्तिमा समेत कठिनाई भइरहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 