नेपाल चिकित्सक संघ निर्वाचन:

चुनावी दौडधुपमा चिकित्सकहरुको टोली: कोही लागे पूर्वतिर, कोही लागे पश्चिम !

88
Shares

काठमाडौँ, १९ चैत । नयाँ कार्यसमिति छनौटका लागि आगामी ४ बैशाख देखि सुरु हुन लागेको नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेद्धारी दिएका चिकित्सक तथा तिनका समूहले चुनावी प्रचारप्रसारमा तिब्रता दिएका छन् ।

भोट माग्न उनीहरु समूह बनाई कोही पूर्व तिर कोही पश्चिम तिर लागेको छन् ।

तीन दिन अघि देखि टोली नेतृत्व गर्दै पोखरा तिर लागेका डा बद्रि रिजाल (टिम बद्री) यतिवेला दाङ पुगेको छ । अब त्यताबाट नेपालगञ्ज, सुर्खेत धनगढी पुग्ने र काठमाडौँ फर्किने योजनामा छन् ।

यसअघि सो टोलीले तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा, बुटवल तिरको अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेर चिकित्सकसंग भेट गरी भोट मागेको छ । ‘अब हामी यता पश्चिम सकेर पूर्व तिर लाग्दैछौँ,’ टिम बद्रीबाट अध्यक्ष पदका प्रत्यासी डा बद्री रिजालले भने ।

निर्वाचनमा सहभागी अर्को टोली टिम मंगल पनि अहिले चुनावी प्रचारप्रसारका लागि तराई झरेको छ । बुधबारमात्रै सो टोली सिमरा हुँदै वीरगञ्ज लागेको छ । आजै सो टोली रौतहट पुगेर काठमाडौँ फर्किने र भोलीबाट पश्चिम तिर लाग्ने तयारी गरेको टीम मंगलबार महासचिवको उम्मेदवार बनेका डा कालुसिंह खत्रीले बताए ।

निर्वाचनमा होमिएको अर्को प्यानल टिम रिफर्म चुनावी प्रचार प्रसारका लागि अहिले धरान पुगेको छ । सो टोली दिउसो सम्म विराटनगर पुग्ने र पूर्वी भेग सकेर त्यसपछि पश्चिम तिर लाग्ने टिम रिफर्मका उपाध्यक्षका उम्मेदवार एवं बागमती प्रदेश संयोजक डा एकानन्द सिंहले भने । उनले प्रचारप्रसारका लागि आज देखि ११ दिनको तालीका बनाएर हिडेको बताए ।

नेपाल चिकित्सक संघको यसअघि माघमा हुने भनिएको निर्वाचन रोकिएर अहिले हुन लागेको हो । गत १४ चैतमा बसेको सर्वपक्षीय भेलाको सुझाव अनुसार निर्वाचन समितिले उपत्यका बाहिर ४ र ५ बैशाखका दिन तथा काठमाडौँ उपत्यका भित्र आगामी १८ र १९ बैशाखमा हुने गरी तय गरेको छ ।

आगामी तीन वर्षका लागि संघको नेतृत्व गर्ने नयाँ कार्यसमिति छनौटका लागि गठित केन्द्रीय निर्वाचन समितिले यसअघि उपत्यका बाहिर २ र ३ माघको दिन तथा काठमाडौँ उपत्यका भित्र भने १५, १६ र १७ माघको हुने भनेको थियो । त्यहि रोकिएको निर्वाचन कार्यक्रम यसपटक हुन लागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *