वीर अस्पतालमा स्वास्थ्य बीमाबाट उपलब्ध गराइने दीर्घरोगी औषधि अब एक महिनाका लागि मात्रै

काठमाडौँ, १ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बीमा कार्यक्रममार्फत उपलब्ध गराउँदै आएको दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्रै वितरण गर्ने निर्णय गरेको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै लामो समयसम्म सेवन गर्नुपर्ने औषधि यसअघि तीन महिनाका लागि उपलब्ध गराइँदै आएको भए पनि विशेष कारणवश आजदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई उपलब्ध गराइने जनाएको हो।
माघ २९ गते भएको निर्णयअनुसार १ फागुन देखि उक्त निर्णय लागू हुने अस्पतालले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ