पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइँदै

रुकुम पश्चिम, १९ माघ । रुकुम पश्चिममा यही माघ २७ गते एक हजार ८ सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ ।
अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुनेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




