विवरण अद्यावधिक नगर्ने फर्मासिस्टलाई कुशल अभ्यास प्रमाणपत्र र कुनै पनि सिफारिस पत्र नदिइने

8
Shares

काठमाडौं, १४ माघ । नेपाल फार्मेसी परिषद्ले विवरण अद्यावधिक नगर्ने फर्मासिस्टलाई कुशल अभ्यास प्रमाणपत्र र कुनै पनि सिफारिस पत्र नदिने चेतावनी दिएको छ।परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले मंगलबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सूचनामा परिषद्को नियमावली २०५९ को परिच्छेद ७ नियम ७.२ अनुसार दर्तावाला फर्मासिष्ट वा फामेसी सहायकले व्यवसाय छाडेमा ठेगाना परिवर्तन गरेमा एक महिनाभित्र लिखित रुपमा परिषद्लाई जानकारी गराउनुपर्ने भन्दै अद्यावधिक विवरण तथा कार्य विवरण नियमित रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।

परिषद्को वेबसाइडमा गई अपडेट नेम रेजिष्ट्रेशन मार्फत नाम दर्ता गर्नुका साथै कार्यस्थल र अन्य विवरण अद्यावधिक गराउन सकिनेछ।

उक्त विवरण अद्यावधिक नगर्ने फर्मासिस्ट वा फार्मेसी सहायकलाई कुशल अभ्यास प्रमाणपत्र वा कुनै पनि प्रकारको सिफारिस पत्र जारी गर्न बाध्य नहुने परिषद्ले जनाएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *