रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना

120
Shares

काठमाडौँ, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । गत ५ माघका दिन जनकपुरमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।

तर, सो चोटको संक्रमण हाल बढेर भित्री तहसम्म पुगेपछि उनी थप उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ।  त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ।’

उनले अगाडी थपेका छन् , ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ।’

आचार्यले अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआउन समेत अनुरोध गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *