स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी डा. चुमनलाल दासलाई

284
Shares

काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासले पाएका छन् ।

स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी दिएकी हुन् ।

यसअघि उक्त महाशाखा प्रमुख डा. कृष्ण पौडेल थिए । डा. पौडेललाई भने स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

नारायणी अस्पतालको मेसु रहेका डा दासलाई केही महिना अघि मन्त्रालय तानिएको थियो । तर उनलाई ठोस जिम्मेवारी दिइएको थिएन ।

डा. दासले आजबाट आफूले महाशाखाको कार्यभार सम्हालेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *