गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

220
Shares

काठमाडौँ, २७ पुस । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।

आइतबार बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्त निकट फिल्मकर्मी राजेश घतानीले जानकारी दिए।

४२ वर्षीय तामाङलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।

इन्डियन आइडल सिजन तीन विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।

बलिउड अभिनेत्री शेफाली जरीवालाको ‘कार्डियाक अरेस्ट’बाट मृत्यु

‘गोर्खा पल्टन’ ‘परदेशी’ ‘परदेशी-२’ प्रशान्तका हिट नेपाली फिल्महरु हुन्।

पछिल्लो पटक सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यु गरेका तामाङ सोही फिल्मको छायांकन सक्काएर घरमा आराम गरिरहेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *