नेपाल मेडिकल काउन्सिलका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले कार्यभार सम्हाले

112
Shares

काठमाडौँ, २२ पुस । नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले कार्यभार सम्हालेका छन्। पुसको दोस्रो साता सम्पन्न निर्वाचनबाट विजयी एक उपाध्यक्ष र आठ जना सदस्यहरुले आज काउन्सिल पुगेर पदवहाली गरेका हुन् ।

त्यसअघि काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसाल, रजिष्ट्रार डा. सतिशकुमार देव तथा काउन्सिलका अन्य कर्मचारीहरुले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अविर खादा लगाएर स्वागत गरेका थिए ।

यसपटक काउन्सिल निर्वाचनबाट उपाध्यक्षमा डा कुञ्जाङ शेर्पा निर्वाचित भएका थिए ।

यस्तै सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राई निर्वाचित भएका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *