स्याङ्जा २ मा एमालेबाट डा. बुद्धिमान श्रेष्ठसहित १५ जना सिफारिस

128
Shares

स्याङ्जा, १९ पुस । आउँदो २१ फागुनका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट डा. बुद्धिमान श्रेष्ठसहित १५ जनाको नाम प्रस्ताव गरेको छ ।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्यव समितिले स्याङ्जा क्षेत्र नं २ बाट डा. श्रेष्ठसहित १५ जनाको नाम प्रस्ताव गरेको हो ।

आज बसेको बैठकले डा. श्रेष्ठसहित कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा, शोभित ढकाल, दिपेन्द्र रेग्मी, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर सुर्यप्रसाद गैह्रे, राम चन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भुपराज अधिकारी, किशोर विक्रम मल्लको नाम सिफारिस गरेको हो ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टर काठमाडौँ, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज एण्ड डेन्टल हस्पिटल पोखराका सञ्चालक समेत रहेका डा. श्रेष्ठलाई एमालेले यसअघि स्याङ्जा क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्य पदमा उम्मेद्धार बनाएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *