नेपाल मेडिकल काउन्सिलको निर्वाचन : मतगणना प्रक्रिया अघि बढ्यो

64
Shares

काठमाडौँ, १३ पुस । हजो सम्पन्न नेपाल मेडिकल काउन्सिलको मतगणना प्रक्रिया सुरु भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा केहीबेर अघि देखि मतगणना प्रक्रिया अघि बढेको निर्वाचन समिति संयोजक प्राडा रविन्द्रमान श्रेष्ठले बताए ।

‘अहिले मतगणना प्रक्रिया अघि बढेको छ। मुचुल्काहरु उठाउने काम सुरु भएको छ । त्यसपछि मत पेटिका खोल्ने, मत पत्र मिलाउने लगायतका कामहरु हुन्छ । त्यसपछि मात्रै खास गणना सुरु हुन्छ । प्राडा श्रेष्ठले भने, यी सबै प्रक्रिया मिलाएर मतगणना गर्न त १२ – १ नै बज्ने होला ।,’ उनले भने ।

एक उपाध्यक्ष र आठ सदस्य चुन्नका लागि गत ४ पुस देखि सुरु भएको मतदान प्रक्रिया हिजो सम्पन्न भएको थियो । मतदानमा कुल ११ हजार ९ सय २२ मत खसेको छ। तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत खसेको छ भने उपत्यका बाहिर ६ हजार ८ सय ४६ मत खसेको काउन्सिलका प्रवक्ता समेत रहेका रजिस्ट्रार डा. सतिशकुमार देवले बताए।

यसपटक निर्वाचनमा उपाध्यक्ष पदमा एक उपाध्यक्ष पदका लागि तीन जना र आठ सदस्य पदका लागि ३३ जनाको उम्मेद्धवारी परेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *