नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न, ११ हजार ९२२ भोट खस्यो

काठमाडौँ, १२ पुस । नेपाल मेडिकल काउन्सिलमा रिक्त एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि गत ४ पुस देखि सुरु भएको मतदान केही वेर अघि (४ बजे) सम्पन्न भएको छ ।
मतदानमा कुल ११ हजार ९२२ भोट खसेको काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा सतीशकुमार देवले बताए । यसअघि गत ४ देखि ६ पुससम्म उपत्यका बाहिरका १८ वटा मतदान केन्द्रमा ६ हजार ८४६ भोट खसेको थियो ।
उपत्यका अन्तर्गत काठमाडौं र ललितपुरमा हिजो र आज तथा काभ्रेको धुलिखेलमा (हिजो) मात्रै भएको मतदानमा कुल ५ हजार ७६ भोट खसेको छ ।
काउन्सिलले मतगणना भने भोलि विहान देखि ललितपुरको स्टाफ कलेज परिसरमा हुने बताएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

