नेपाल बाल शल्य चिकित्सक समाजको नेतृत्वमा आए प्राडा विजय थापा, कार्यसमितिमा अरु को – को ?

काठमाडौँ, १२ पुस । नेपाल बाल शल्य चिकित्सक समाजको शुक्रबार काठमाडौँमा सम्पन्न आठौँ बार्षिक साधारण सभाबाट बरिष्ठ बाल शल्य चिकित्सक प्राडा बिजय थापा अध्यक्षमा निर्वाचित भएका छन् । उनी कान्ति बाल अस्पतालका बरिष्ठ बाल शल्य चिकित्सक हुन् ।
साधारण सभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. नृपेश राज भण्डारी र महासचिवमा डा. दिनेश कोइराला निर्वाचित गरेको छ । यस्तै सचिवमा डा. जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा. बालमुकुन्द बस्नेत र सह कोषाध्यक्षमा डा. शिरिस सिलवाल निर्वाचित भएका छन् ।
समाजको नव निर्वाचित कार्यसमिति सदस्यहरूमा डा. हीरामणि पाठक, डा. निशान्त सिंह, डा. अनु महर्जन र डा. सुलोचना दाहाल निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष प्राडा थापाले बाल शल्य चिकित्सा क्षेत्रको विकास तथा नेपालमा बाल स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न नयाँ कार्यसमिति सक्रिय रूपमा लाग्ने विश्वास व्यक्त गरे । बाल शल्य चिकित्सकको अभावका कारण देशका सबै ठाउँमा सेवाको पहुँच पुग्न नसकेको भन्दै थप शल्यचिकित्सक तयार गर्न नीतिगत सुधार, सरकारसंग बहस पैरवीका लागि समाज लाग्ने समेत बताए ।
नेपालमा बाल शल्य चिकित्सकहरुको संख्या हालसम्म ३५ जना मात्रै रहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

