त्रिवि आईओएमका १६ जना चिकित्सक प्राध्यापक पदमा बढुवा (सूची सहित)

काठमाडौँ, ८ पुस । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का १६ जना चिकित्सकलाई सह प्राध्यापकबाट प्राध्यापक पदमा बढुवा गरेको छ ।
त्यसरी बढुवा हुनेहरुमा अप्थाल्मोलोजीबाट डा. ज्योतिबाबा श्रेष्ठ, अब्स एण्ड गाइनेबाट डा. निभा वझा, आयुर्वेदबाट डा. विनोदकुमार सिंह, इएनटीबाट डा. रविन्द्रभक्त प्रधानांग, इन्टरनल मेडिसिन (ग्यास्ट्रोलोजी)बाट डा. राहुल पाठक रहेका छन् ।
यस्तै इन्टरनल मेडिसिन रेस्पीरेटरीबाट डा. सन्तकुमार दास, एनेस्थेसियोलोजीबाट डा. रेनु गुरुङ र कम्युनिटी मेडिसिनबाट डा. खेमबहादुर कार्की पनि प्राध्यापक पदमा बढुवा भएका छन् ।
यस्तै सेवा आयोगले कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. अनिल भट्टराई र डा. रञ्जन सापकोटा, कार्डियोलोजीबाट डा. चन्द्रमणि पौडेल, क्लिनिकल फिजियोलोजीबाट डा नारायणबहादुर महोत्रा र जनरल प्राक्टिसबाट यज्ञलक्ष्मी शाक्य रहेका छन् ।
यस्तै जनरल सर्जरी (युरोलोजी)बाट डा. पवनराज चालिसे, डर्माटोलोजीबाट डा. उपमा पौडेल र न्युरो सर्जरीका डा. गोपाल सेडाईं पनि प्राध्यापक पदमा बढुवा भएका छन् ।




सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

