राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक पदमा डा. भुवन पौडेलको पदस्थापन

340
Shares

भक्तपुर, २ पुस । ठिमीस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक पदमा प्रमुख जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलको पदस्थापन भएको छ ।

स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गत २५ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई क्षयरोग नियन्त्रण केन्द्रमा पदस्थापन गरेकी हुन् । निर्देशक पौडेलले आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पुगेर पदवहाली गरेका छन् ।

डा. पौडेललाई केन्द्रमा निर्देशक बनाउँदा त्यहाँ निर्देशक रहेका डा श्रीराम तिवारीलाई वीर अस्पताल पठाइएको छ ।

नव नियुक्त निर्देशक डा पौडेल गत २४ कात्तिकमा एघारौँ तहमा बढुवा भएका हुन् । बढुवा भएको एक महिनामै उनको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण मानिने निकायमा पदस्थापन भएको हो । त्यसो त डा. पौडेल एघारौँ तहमा बढुवा हुनका लागि चार वर्ष झमेला खेप्नु परेको थियो ।

लोक सेवा आयोगले स्वास्थ्यमा रिक्त रहेको निर्देशक, प्रमुख जनस्वास्थ्य प्रशासक (१ पद) एघारौँ तहमा विज्ञापन खोलिएको विज्ञापनको लिखित परीक्षा २०७८ साउन १५ र भदौ १ तोकिएको थियो ।

सोही अनुसार डा. भुवन पौडेल पनि एक परीक्षार्थी बनेर परीक्षामा सहभागी भए । तर, उनले दिएको लिखितको नतिजा आउन ४ वर्ष २ महिना लाग्यो । गत २ कात्तिकमा नतिजा आयो र उनको नाम निस्कियो । त्यसबेला नै अन्तर्वार्ताका लागि मिति तोकिएको थियो । सोही अनुसार  भएको अन्तर्वार्तामा उनी एघारौँ तहमा बढुवा भएका हुन् ।

लिखित दिएको चार वर्ष पछि डा. भुवन पौडेल प्रमुख जनस्वास्थ्य प्रशासक पदमा बढुवा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *