नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा डा. गोपालकुमार चौधरी नियुक्त

300
Shares

काठमाडौँ, २१ मंसिर । नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा. गोपलकुमार चौधरी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै डा चौधरीलाई काउन्सिलको सदस्य पदमा चार वर्षका नियुक्त गरेकी हुन् ।

फरेन्सिक विज्ञ रहेका डा. चौधरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का उपप्राध्यपक हुन् ।

मंसिरको पहिलो साता मात्रै मन्त्री डा शर्माले डा. प्रकाश बुढाथोकी र डा. इन्द्रकुमार झालाई सदस्यमा मनोनित गरेकी थिईन् ।  तर, एक जना सदस्य बाँकी नै थियो ।

डा. चौधरीको नियुक्तीले काउन्सिलको १९ सदस्यीय पदाधिकारी तथा सदस्यको टिम पूर्ण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *