शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार पदका लागि दरखास्त आह्वान
काठमाडौं १६ कात्तिक । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार शनिबार बसेको समितिको बैठकले विश्वविद्यालयका दुई शीर्ष पदका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो। इच्छुक नेपाली नागरिकले आवश्यक योग्यता तथा कागजातसहित दरखास्त पेश गर्न सक्नेछन्।
दरखास्त पेश गर्नको अन्तिम म्याद सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र तोकिएको छ। सो अवधिभित्र कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (प्राविधिक शिक्षा शाखा) मा दरखास्त दर्ता गर्न सकिने सूचनामा उल्लेख छ।

सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
