सिभिल अस्पताल भित्र अश्रु ग्यास हान्दै पुग्यो प्रहरी
काठमाडौँ, २३ भदौ । आन्दोलनकारीको उपचार भइरहेको मिनभवन स्थित सिभिल अस्पतालमा अहिले पनि झडप भईरहेको छ । प्रहरी र आन्दोलनकारीबीच अस्पताल भित्रै झडप भएको छ । प्रहरीले अस्पताल भित्रै अश्रु ग्यास हानेको छ ।
अस्पतालका निर्देशक डा महेशचन्द्र रेग्मीले अस्पताल भित्रै झडप, अश्रु ग्याँस प्रहारले अवस्था तनावग्रस्त भएको बताए । उनले भने, ‘अहिले म बोल्न सक्ने अवस्थामै छैन । अवस्था तनावग्रस्त छ । अस्पताल भित्रै अश्रुग्याँस प्रहार हुँदा उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकमी तथा घाईते तथा तिनका आफन्त र भर्ना भएर उपचाररत पुराना बिरामीहरुलाई भयंकर समस्या भएको छ ।’
जेन जी नेतृत्वमा भएको आन्दोलन नयाँ बानेश्वर तथा मिन भवनमा पुग्दा उग्र रुप लिएको थियो । आन्दोलनकारी सुरक्षा घेरा तोडेर संसद भवन भित्रै प्रवेश गर्न थालेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।
अहिलेसम्म प्रहरीको गोलीबाट १७ जनाको मृत्यु भईसकेको छ ।
सम्पर्क इमेल : [email protected]