कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. यदुचन्द्र घिमिरे नियुक्त
काठमाडौँ, १६ भदौ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. यदुचन्द्र घिमिरे नियुक्त भएका छन् ।
सोमबार (आज) बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यमा रिक्त सचिव पदमा डा. घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको एक जना मन्त्रीले जानकारी दिए ।
संघीय सरकारको २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका डा घिमिरेलाई कोशी प्रदेश मुख्य मन्त्री कार्यालय वा अन्तर्गत रहने गरी सरुवा गर्ने निर्णय गरेको थियो ।
सोही बैठकले कोशीमा स्वास्थ्य सचिव भएर काम गरिरहेकी डा राधिका थपलियालाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याउने निर्णय गरेको थियो ।
संघीय सरकारको निर्णयबाट कोशी पुगेका डा घिमिरेले झण्डै तीन साता पछि प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी पाएका हुन् ।
सम्पर्क इमेल : [email protected]