धरानबाट हराएका एमबीबीएस दोस्रो वर्षका विद्यार्थी सुगम खनाल ३५ दिन पछि भेटिए
काठमाडौँ, २४ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका सुगम खनाल हराएको ३५ दिन पछि परिवारको सम्पर्कमा आएका छन् ।
उनी शुक्रबार (हिजो) बीरगञ्जको रक्सोल नाकाबाट प्रहरीको सम्पर्कमा आएका हुन् ।
सीमा नाकामा खटिएको नेपाल प्रहरीले परिवारलाई सम्पर्क गराएको थियो । आज भने उनी कपिलवस्तु घर पुगिसकेका छन् । हराएको पाँच साता पछि परिवारको सदस्य भेटिएपछि खनाल परिवारमा भने खुशीयाली छाएको छ ।
२२ वर्षका खनाल असार २० गते होस्टलबाट बाहिर निस्किएपछि सम्पर्क विहिन भएका थिए ।
उनको खोजीमा परिवार र विद्यार्थी कल्याण समाज सक्रिय थिए ।
उनी बेपत्ता भएको पुष्टि भएपछि समाजले सार्वजनिक अपिल जारी गर्दै उनलाई कतै देखेमा तत्काल जानकारी दिन अनुरोध गरेको थियो । परिवारसंग उनले भारतको दिल्लीसम्म पुगेको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]