युट्युव भिडियो, फेसबुक पेज र दराज अनलाइनबाट बिक्री हुँदै आएको थियो नक्कली औषधी

काठमाडौँ, ७ साउन । मुख्य नाइके फरार भए पनि प्रहरीले रामकोट क्षेत्रमा कोठा भाडामा लिई नक्कली औषधी बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । औषधी व्यवस्था विभागको टोलीले प्रहरीको सहयोगमा लोकेसन ट्रयास गरी गोदाममा छामा मार्न पुग्दा गिरोहका मुख्य नाईके एलबी राई भाग्न सफल भएका थिए ।

सो गिरोहले दुईवटा कोठा भाडामा लिएर आयुर्वेदिक तथा अचुक औषधीको नाममा नक्कली औषधीको प्याकेजिङ गरेर दराज अनलाइन तथा अन्य फेसबुक पेजबाट विक्री बितरण गर्दै आएको थियो । विभागका बरिष्ठ औषधी व्यवस्थापक किरण बज्राचार्यले न दर्ता, न त औषधी बनाउन चाहिने केमिकल, न मापदण्ड, बट्टा र खोलमा धुलो तथा पाउडर राम्ररी प्याक गरी बजार पठाउने गरेको बताए । ‘ त्यहाँ विभिन्न नाम र ब्राण्डमा ३० ३५ वटा नक्कली औषधी फेला परयो,’ उनले भने ।

बज्राचार्यले शरीर स्वस्थ राख्ने देखि लिएर, मसल बढाउने, स्तन बढाउने, सेक्स पावर बढाउने सम्मका नक्कली औषधीहरु त्यहाँ पाइएको बताए । रक्सीको कुलत छुटाउने भनेर बनाइएको डिफिजियुल देखि, थाइराइड नियन्त्रण गर्ने सम्मका औषधीहरु रहेको बताए ।

‘अहिले उनीहरुको गोदाम सिल भएको छ । दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप बयान गरिएको छ । अरु कुराहरु विस्तारै खुल्दै जाला,’ बज्राचार्यले भने ।

उनका अनुसार दराज अनलाइनमा पनि यिनिहरुका उत्पादन औषधीको रुपमा बिक्रीका लागि राखिएको थियो । तर विभागको निर्देशन पछि अहिले सो अनलाइनले ती नक्कली औषधीहरु हटाएको छ ।

‘फेसबुक युट्युवमा राखिएका कन्टेन्टको पनि हामीले सुक्ष्म ढंगले अध्ययन गर्दै कार्वाही प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *