भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौँ, १ असार । भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकदलसहित ७ जनाको मृत्यु भएको छ ।

आर्यन कम्पनीको हेलिकप्टर रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा दुर्घटनाग्रस्त भएको हो । मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का अनुसार, हेलिकप्टर आइतबार बिहान ५ः३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो ।

उडान भरेको केही समयपछि नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *