स्वास्थ्य बीमा बोर्डको सुविधा थैली समयानुकुल बनाउन डा. बैद्यको संयोजकत्वमा कार्यदल गठन
काठमाडौँ, २१ जेठ । स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन प्राडा प्रदीप वैद्यको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन भएको छ । गत ३ बैशाखमा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको हो ।
बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीका अनुसार समितिका सदस्यहरुमा डा शर्मा पौडेल, डा सन्ध्या चापागाईँ, डा सन्तोष पौडेल, डा डम्बर खड्का र नर्सिङ निर्देशक रोशनी तुईतुई रहेका छन् । यसैगरी डा कालुसिंह खत्री, डा देबेन्द्रप्रसाद ज्ञवाली, रञ्जना पोखरेल पनि सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा कृष्णहरि खनाल तोकिएको छ ।
उनीहरुलाई प्रतिवेदन बुझाउन ३० दिनको समयावधी दिईएको छ ।
त्यसो त स्वास्थ्य बीमा बोर्डले गतवर्ष मात्रै सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरुको परिमार्जित बिबरण तथा दर रेट लागू गरेको एक वर्ष पुगेको छैन । २० बैशाख २०८१ मा तय भएको दर रेट १ भदौ २०८१ देखि लागू भएको थियो ।
सो दर रेटमा कतिपय सुविधाहरु बजार मूल्य भन्दा धेरै महंगो कतिपय धेरै सस्तो भएको भएको चर्चा चलेको थियो । अहिलेको कार्यदलले गतवर्ष विग्रिएको मूल्य समायोजन गर्ने समेत अपेक्षा गरिएको छ ।
सम्पर्क इमेल : [email protected]
Ani hami private ko representative pani hunu parchaki sathiho. Pri ate institution nachalaunele sabaikura na ujhekopani ta hunasakcha.