टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि…

सुर्खेत, २० जेठ । कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ स्थित ताडी आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । सो स्वास्थ्य केन्द्र करिब दुई हप्तादेखि कर्मचारीविहीन छ ।

सोमबार खोकी लागेका र टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गरेको भन्दै ताला लगाइएको हो । यसरी नागरिकको जीवनमा खेलवाड भएको स्थानीयको गुनासो छ ।

कार्यालयमा समयमा नआउने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध नगराएको भन्दै स्थानीयले स्वास्थ्य संस्थामा ताला लगाएका हुन ।

कर्मचारीबाट विभिन्न समयमा पावर र पहुँच देखाउदै वडाका बिरामी नागरिकलाई पटक/पटक थर्काउने, धम्काउने जस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *