आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेल, स्वास्थ्यका कार्यक्रम के-के परे ?
काठमाडौँ, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दिउसो सवा ३ बजेबाट सुरु भएको संसदको संयुक्त बैठक समक्ष राष्ट्रपति पौडलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम बाचन सुरु गरेका छन् ।
नीति तथा कार्यक्रममा स्वास्थ्यका विषयहरु के के परे ?
- स्वास्थ्य बीमा कार्यक्रम पुर्नसंरचना गरी दिगो बनाउने ।
- दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम थप प्रभावकारी बनाईनेछ ।
- जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाईने छ ।
- दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरु सञ्चालन गरिनेछ ।
- हरेक महिनाको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- औषधी तथा स्वास्थ्य सामग्री सम्वन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ ।
- अपाङता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना सेवा विस्तार गरिनेछ ।
- निरोगी नेपाल अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुबै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिनेछ ।
- सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलव्ध संघ प्रदेश तथा स्थानीय तहबीच सहकार्य गरिनेछ ।
- स्वास्थ्य प्रणालीको विकास जनसंख्या विकास, भूगोल र रोगको भारका आधारमा गरिनेछ ।
- स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि संघीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायान ऐन, प्राधिकरण ऐन तर्जुमा गरिनेछ । साथै सातै प्रदेशमा जनल उपचार र मुटुरोग उपचार सेवा विस्तार गरिनेछ ।
- क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचार सेवा प्रदेशस्तरमा विस्तार गरिनेछ ।
- पाठेघरको मुखको क्यान्सरबिरुद्ध लगाईने एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क क्यान्सर उपचार सेवाको व्यवस्था मिलाईनेछ ।
- मस्तिष्क मेरुदण्ड र मानिसक र थालासेमिया रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक न्युरो साईन्स केन्द्र स्थापना गरिनेछ ।
- स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिनेछ ।
- उत्पिडित तथा सिमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था गरिनेछ ।
- स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिनेछ ।
- गम्भीर रोगको उपचार समेत स्वास्थ्य बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिनेछ ।
- बीमा सेवाको सुशासन र वित्तिय स्थायीत्वका लागि बीमा बोर्डको पुर्नसंरचना गरिनेछ ।
- बीमा प्रणालीमाथिको व्ययभार न्युन गर्न सरकारद्धारा उपलव्ध गराईने आधारभूत तथा अत्यावश्यक औषधीहरु बीमा प्रणालीमा जोडिनेछ ।
- छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्वोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चयकोष,लगायत सबै स्वास्थ्य सेवा र उपचारकोसुविधा दिने संस्थाहरुको सेवा प्रभावकारी बनाईनेछ ।
- सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आवद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ ।
- आधारभूत तथा अत्यावश्यक औषधीहरुको उत्पादन प्रर्वद्धन गरिनेछ । औषधी तथा स्वास्थ्य सामग्री सम्वन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ ।
- आयुर्वेद सेवाको सुदृढिकरण र बैकल्पिक चिकित्सा विधि प्रर्वद्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रुपमा विधुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याईनेछ ।
- संक्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुद्रिड गरिनेछ ।
- जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरुको समाधानका लागि क्लाईमेट हेल्थ रेजिलेन्ट युनिट विकास गरिनेछ ।
- जनसंख्या बृद्धिदरलाई पुनस्थापना दर भन्दा कम नहुने गरी जनसंख्या नीति तर्जुमा गरिनेछ ।
- स्वास्थ्य र जनसांङ्खिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना प्रणालीसंग आवद्ध गरिनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]