स्वास्थ्यमा सरुवा :

सूचना केन्द्रमा डा. थपलिया, पण्डितलाई व्यवस्थापन, डा. रायमाझीलाई पठाइयो उपचारात्मक सेवामा

1.5k
Shares

काठमाडौँ, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशक पदमा डा राधिका थपलियालाई जिम्मेवारी दिइएको छ ।

यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिवबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फर्किएकी डा थपलियालाई मन्त्रालयले यसअघि नै केन्द्रमा पदस्थापन गरेको थियो । तर त्यहाँका निर्देशक केशवराज पण्डितलाई अन्यत्र नपठाएको कारण उनी मन्त्रालयमै हाजिर गरेर बसेकी थिईन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले सूचना केन्द्रका निर्देशक डा पण्डितलाई स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा सरुवा गर्दै डा थपलियालाई केन्द्रको निर्देशक पदमा जिम्मेवारी तोकेकी हुन् ।

पण्डित व्यवस्थापनमा गएपछि त्यहाँ निर्देशक रहेका डा पवनजंग रायमाझीलाई उपचारात्मक सेवा महाशाखामा ल्याइएको छ ।

सो महाशाखामा निर्देशक रहेकी डा सुधा देवकोटा डलेल्धुरा अस्पतालमा निर्देशक बनेर गएपछि पछिल्लो चार महिना देखि खाली थियो ।

यस्तै नारायणी अस्पतालका निर्देशक डा चुमनलाल दासलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *