तीनकुने घटना: राष्ट्रिय ट्रमा सेन्टर र केएमसीमा गरी ४९ घाइतेको उपचार हुँदै

112
Shares

काठमाडौँ, १५ चैत । तीनकुनेमा आज भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछिको झड्पमा परि घाईते भएकाहरुको राष्ट्रिय ट्रमा सैन्टर र सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भईरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना गोली लागेकासहित चार जनाको उपचार भईरहेको छ । ट्रमाका मेसु डा बद्री रिजालका अनुसार एक जनाको पेटमा गोली लागेको छ । उनको शल्यक्रिया भईरहेको छ । अर्का एक जनाको पाखुरामा गोली लागेको छ । अरु दुई जना भने हात खुट्टा मर्किएका तथा चोटपटक लागेकाहरु हुन् ।

यता सिनामंगलस्थित केएमसी अस्पतालमा ४५ जना घाइतेको उपचार भईरहेको त्यहाँका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले भने । उनले आफ्नो अस्पतालमा १२ जना जति प्रहरी र बाँकी सबै प्रदर्शनकारी भएको जानकारी दिए ।

‘एक जना पाखुरामा गोली लागेका व्यक्ति पनि छन् । एक जनाको अवस्था गम्भीर छ । अरु सबै खतरामुक्त हुन्,’ उनले भने ।

यता त्रिवि शिक्षण अस्पतालमा भने थप घाइतेहरु पुगेका छैनन् । अस्पतालका निर्देशक डा सुवास आचार्यले अपरान्ह ५ बजे तिर ल्याइएका एक घाइतेको उपचार सुरु गर्नु अघि नै मृत्यु भएको थियो । त्यस यता अरु घाइते लगिएको छैन ।

आज भएको राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागि कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ ।

यस्तै रिपोर्टिङमा खटिएका एभिन्युज टीभीका क्यामरा पर्सन सुरेश रजकको आन्दोलनकारीले घरमा लगाएको आगलागीमा परेर ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *