राजावादी समूहद्धारा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी, पार्किङ गरिएका ६ वटा गाडीमा आगजनी

92
Shares

काठमाडौँ, १५ चैत ।  राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका छन् । ‘सन्चो’ सहितका औषधि बनाउने कम्पनीको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।

कार्यालय परिसरमा रहेका ६ वटा भन्दा बढी गाडीहरूमा समेत उनीहरूले आगजनी गरेका छन् ।

कम्पनीकी महाप्रबन्धक उषा रिजालले कार्यालय भवन र गाडीमा आगजनी भएको बताइन् । समयमै दमकल नआए गोदाम र मुख्य भवनमा पनि आगो सल्किने उनले बताइन् ।

तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि राजावादी प्रदर्शनकारी जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेका हुन् ।

आजै तीनकुने क्षेत्रमा समेत प्रदर्शनकारीहरूले घरमा आगजनी गरेका थिए । त्यस्तै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा समेत उनीहरूले लुटपाट मच्चाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *