‘शाही चिकित्सक’ डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन

76
Shares

काठमाडौँ, १४ चैत । वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ ।

त्रिपुरेश्परस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको कुपन्डोल निवासी डा. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ।

डा. श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको ब्लुक्रस अस्पतालले जनाएको छ।

सर्वसाधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका डा. श्रेष्ठ तत्कालीन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक समेत हुन् ।

राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ । डा. श्रेष्ठको निधनप्रति नेपाल चिकित्सक संघले समेत दुःख व्यक्त गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै इमानदार र लगनशील अग्रज चिकित्सक गुमाउनु पर्दा चिकित्सक संघ अत्यन्तै मर्माहत भएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *