गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त

116
Shares

काठमाडौँ, ७ चैत ।  कैलालीको गेटा अस्पतालको निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय यता रिक्त निर्देशक पदमा डा. यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा नियुक्त गरेको हो ।

डा. यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन् ।

यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *