एमडी/एमएस कार्यक्रम सञ्चालन गर्न न्याम्स र प्रहरी अस्पतालबीच सम्झौँता

588
Shares

काठमाडौँ, २७ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को एमडी/एमएस कार्यक्रम अब महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि सञ्चालन हुने भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा त्यस सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको कार्यक्रम सञ्चालन सम्वन्धी सम्झौँता पत्रमा न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्की र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजुले हस्ताक्षर गरेका छन् ।

सोही कार्यक्रममा उपस्थित भएका न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सम्झौँता पत्रमा संरक्षकको रुपमा हस्ताक्षर गरेका छन् ।

न्याम्सले यसअघि पनि अन्य संस्थासंग यसैगरी सम्झौँता गर्दै एमडी एमएस कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उपकुलपति प्राडा बस्नेतले नेपाल प्रहरी अस्पताल २२ औँ संस्था भएको बताए ।

उनले अब फ्याकल्टीहरु हेरेर कार्यक्रम उपयुक्त कार्यक्रम नेपाल प्रहरी अस्पताललाई दिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *