कान्तिलाई एक हजार शैय्यामा बिस्तार गर्ने योजनामा सघाउन जापान सरकार समक्ष आग्रह

96
Shares

काठमाडौँ, १८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा बिस्तार गर्ने कार्यमा सहयोग गर्न जापान सरकार समक्ष आग्रह गरेका छन् । आफूसंग भेटघाटका लागि आएका नेपालका लागि जापानी राजदूत तोरु मायदासँग उनले यस्तो आग्रह गरेका हुन् ।

सो क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले कान्ति अस्पताल विकास गर्ने सरकारको योजनामा साथ दिन आग्रह गरेका थिए ।

उनले अस्पतालहरुमा एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट साथ अपेक्षा गरेको बताएका थिए ।

त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको उल्लेख गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *