पोखराका मेयर आचार्य डिस्चार्ज

40
Shares

काठमाडौँ, ९ फागुन । पोखरा भ्रमण वर्ष २०२५ औपचारिक घोषणा कार्यक्रमको उद्घाटका क्रममा गत ३ फागुनका दिन बेलुन पट्केर घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा पाँच दिन उपचार पछि उनी बिहीबार डिस्चार्ज भएका हुन् ।

मेयरसंगै आगलागीमा परि घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल दुई दिन अघि नै डिस्चार्ज भएका थिए ।

अर्थमन्त्री पौडेलको अनुहार, घाँटी र हातमा पोलेको थियो भने प्रमुख आचार्यको देब्रे गाला र हातमा पोलेको थियो ।

प्रारम्भिक जाँचपछि दुवैजनाको अनुहार पाँचदेखि ६ प्रतिशत जलेको अस्पतालले बताएको थियो ।

डिस्चार्ज भएपछि मेयर आचार्यले प्राविधिक त्रुटिका कारण घट्ना घटेको बताउँदै उपचारमा संलग्न विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *