नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा प्राडा अजित रायमाझी नियुक्त

324
Shares

काठमाडौँ, ३ असोज । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा प्राडा अजित रायमाझीलाई नियुक्त गरेको छ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका प्राडा रायमाझीलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो।

उनी कान्ति बाल अस्पतालको दुई पटक निर्देशक भएका थिए। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन्।

न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी) का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषदका सदस्यसमेत छन्।

यसअघि परिषद्को उपाध्यक्ष डा गौरवराज ढकाल थिए ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा प्राडा अजित रायमाझी नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *