बीपी स्मृति दिवसको अवसर पारेर बीपी स्मृति अस्पतालले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा

280
Shares

 

काठमाडौँ, ६ साउन । आइतबार ४२ औँ बीपी स्मृति दिवसको अवसर पारेर बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडले हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ ।

मिर्गौलाका बिरामीलाई सेवा दिने उदेश्यका स्थापना गरिएको डायालासिस विभागको आइतबार बीपी पुत्र समेत रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शशांक कोइरालाले उद्घाटन गरे ।

आजबाट सञ्चालनमा सो डायलासिस विभागमा कुल ६ वटा डायालासिस मेसिन रहे पनि ५ वटा सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक समितिका महासचिव एवं बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. धनबहादुर राना मगरले जानकारी दिए ।

यता दिवसको अवसर पारेर अस्पतालले आज आफ्नो परिसरमा बृक्षारोपण कार्यक्रमको समेत आयोजना गरेको थियो । सो बृक्षारोपण कार्यक्रमको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । उनले परिसरमा धुपीको बिरुवा लगाएर पानी हालेका थिए ।

त्यसबीचमा कांग्रेसका अर्का बरिष्ठ नेता शेखर कोइरालाले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

यस्तै दिवसकै अवसरमा अस्पतालले आधा दिनको निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो । सो शिविरमा १०० बढीले स्वास्थ्य परीक्षणको सुविधा लिएको डा. रानाले बताए ।

उद्घाटन समारोह पछि आयोजित औपचारिक कार्यक्रममा अस्पतालका अध्यक्ष उमेशजंग रायमाझी, नेताद्धय डा. शशांक र डा. शेखर कोइराला, महासचिव डा. राना लगायतले बोलेका थिए । मन्त्री पौडेल भने औपचारिक कार्यक्रममा सहभागी हुन भ्याएनन् ।

‘खासमा यो अस्पताल बीपीकै नाममा स्थापित र सञ्चालित छ । २०३९ साल साउन ६ गते बुधबारका दिन उहाँको निधन भएको थियो । आज उहाँको मृत्यु भएको पनि १५ हजार ३३९ दिन भयो । हामीले बीपीकै नाम र सम्झनामा २०६४ साल असार १३ गते अस्पताल सञ्चालनमा ल्यायौँ । स्वास्थ्य सेवा र शिक्षा दिने यस संस्थाको उदेश्य हो । सोही अनुसार अहिले बार्षिक ४० ४० जना स्टाफ नर्स र हेल्थ अस्सिटेन्ट उत्पादन समेत भईरहेको छ । त्यसैले पनि हाम्रो लागि यो दिन विशेष छ,’ डा. रानाले भने ।

सो अवसरमा अस्पताल समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *