फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ४३ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २२ असार । नेपालम फार्मेसी परिषद्ले आज सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्सं) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षामा करीव ४३ प्रतिशत उत्र्तीण भएका छन् ।
परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयले आजको परीक्षामा कुल १ हजार ८०४ जना सहभागी भएकोमा ७७५ (४२.९६ प्रतिशत) जना उत्तीर्ण भएको बताए ।
परीक्षामा मर्यादा विपरितको गतिविधि गरेका एक जनाको परीक्षा रद्ध भएको र एक जना भने ‘वीथ होल्ड’मा परेका छन् ।
सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको आजको परीक्षा परिषद्ले सञ्चालन गरेको २५ नाम दर्ता परीक्षा हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



