विभिन्न आठ प्रकारको औषधिहरु आयात, उत्पादन तथा बिक्री बितरणमा रोक

400
Shares

काठमाडौँ, १५ असार । औषधि व्यवस्था विभागले विभिन्न आठ प्रकारका औषधिहरु बिक्री बितरणमा रोक लगाएको छ । औषधि सल्लाहकार समितिको गत २१ चैतमा बसेको ५६ औँ बैठकले गरेको निर्णय कार्यान्वयनमा ल्याइएको भन्दै विभागले आठ प्रकारका औषधिहरु बिक्रीमा रोक लगाएको हो ।

सल्लाहकार समितिको निर्णयलाई कार्यान्वयन गर्न विभागले गत ९ असारमा विभागीय निर्णय गरेको थियो । सो निर्णयमा तोकिएका आठ प्रकारका औषधिहरु उत्पादन वा आयात भई बजारमा रहेको अवस्था वा समिश्रणको हकमा निर्णय भएको मितिले बढीमा तीन महिना भित्र बजारबाट फिर्ता गर्न भनिएको छ ।

यस्तै बजारमा मौज्दात रहेका यस प्रकारका समिश्रणका औषधिको आधिकारिक विवरण पेश गर्न र समवन्धित प्रमाणपत्रहरु अनुज्ञा पत्र र सिफारिस पत्र फिर्ता लिई नियमानुसार रद्ध गर्ने भएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *