थापाथलीको प्रसूति अस्पतालले आफ्नो तीन सेवा कुपण्डोल भवनमा सार्दै

812
Shares

काठमाडौँ, १४ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीले आफ्नो तीनवटा सेवा आगामी आइतबारबाट कुपण्डोलस्थित आफ्नो नयाँ भवनबाट दिने भएको छ ।

अस्पतालले अहिलेसम्म थापाथलीबाट उपलव्ध गराउँदै आएको निसन्तान सेवा(आईयूआई÷आईभीएफ) सुरक्षीत गर्भपतन सेवा तथा परिवार नियोजन सेवा आगामी आइतबारबाट कुपण्डोलको नव निर्मित भवनबाट सञ्चालन हुने जनाएको छ ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले पूर्व योजना अनुरुप यी सेवाहरुलाई कुपण्डोल सार्न लागिएको बताए ।

‘यी सेवाहरु कुपण्डोलको भवनबाट दिने पूर्ववत योजना हो तर ठेकेदारलाई रकम भुक्तानी गर्न नसक्दा हामीले प्रयोग गर्न पाइरहेको थिएनौँ । अहिले ठेकेदारले भवन प्रयोगमा ल्याउन सकिने बताएपछि हामीले सेवाहरु उता सारेका हौँ । आइतबारबाट यी सेवाहरु पनि नयाँ भवनबाट हुनेछ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *