डा. किरणराज शर्माको निधन

416
Shares

काठमाडौँ, ११ असार । वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. किरणराज शर्माको निधन भएको छ।

सोमबार बिहान सिभिल अस्पतालमा उपचार क्रममा डा. शर्माको  निधन भएको हो । डा. शर्मालाई पार्किन्सन्स र मुटुमा समस्या थियो । डा. शर्माले लामो समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा दिएका थिए ।

डा. शर्मा सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका सदस्य समेत हुन्।

डा. शर्माको निधनपछि नेपाल चिकित्सक संघले पनि विज्ञप्ति निकाल्दै दुख व्यक्त गरेको छ। डा. शर्मा संघका आजीवन सदस्य हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *