डा. किरणराज शर्माको निधन

416
Shares

काठमाडौँ, ११ असार । वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. किरणराज शर्माको निधन भएको छ।

सोमबार बिहान सिभिल अस्पतालमा उपचार क्रममा डा. शर्माको  निधन भएको हो । डा. शर्मालाई पार्किन्सन्स र मुटुमा समस्या थियो । डा. शर्माले लामो समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा दिएका थिए ।

डा. शर्मा सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका सदस्य समेत हुन्।

डा. शर्माको निधनपछि नेपाल चिकित्सक संघले पनि विज्ञप्ति निकाल्दै दुख व्यक्त गरेको छ। डा. शर्मा संघका आजीवन सदस्य हुन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *