दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ, ९ असार । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् ।
अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




