आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदै

48
Shares
तस्वीर : डब्लुएचओ नेपाल

काठमाडौं, ७ असार । आज २१ जून अर्थात अन्तराष्ट्रिय योग दिवस । आफू र समाजका लागि योग भन्ने नाराका साथ दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईँदै छ ।

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा संयुक्त राष्ट्र संघले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज मनाउन लागिएको दशौँ अन्तर्राष्ट्रिय योग दिवस हो ।

योगले शारीरिक साथै मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्दछ । आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा विभागका महानिर्देशक डा प्रदीप केसीले योगले शारीरिक र मानसिक मात्रै नभई व्यक्तिलाई अनुशासित र सत्मार्गमा हिडाउन प्रेरणा दिने बताउँछन् । ‘स्वस्थ जीवनका लागि शारीरिक व्यायम, त्यसले मानसिक स्वास्थ्यका लागि पार्ने प्रभाव योग गरेका व्यक्तिले राम्ररी अनुभव गर्न सक्छन्,’ उनले भने ।

यस्तै विभागका आयुर्वेद विज्ञ डा श्यामबाबु यादवले योगले आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्‍याउँने बताउँछन् ।

योगको अर्थ आफ्नो चेतनाद्धारा आफूभित्र रहेको शक्तिलाई विकास गरी आत्मको साक्षात्कार एंव पूर्ण आनन्दको प्राप्ती महसुस गर्नु पनि हो । यो परापूर्वकाल देखि ऋषिमुनिबाट आएको विश्वास गरिन्छ ।

पछिल्लो समय आधुनिक समाज र पश्चिमा सभ्यता पनि योगमा डुब्न थालेको छ । योग व्यक्तिले गर्ने साधना मात्रै नभएर आय आर्जन गर्ने व्यवसाय समेत बनेको छ । योग कक्षा र योग प्रशिक्षक अहिले शहरी क्षेत्रमा प्रसस्त खुलेका छन् । योग शिविरका नाममा गरिने कार्यक्रम हिजोआज व्यवसायसंग समेत जोडिन पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *