आयुर्वेद तथा बैकल्पिक चिकित्सालय ललितपुरले गरायो पत्रकारलाई योगाभ्यास

ललितपुर ६ असार । आयुर्वेद सेवाको प्रवर्धनका लागि स्थानीय पत्रकारसंग अन्तर्क्रिया कार्यक्रम राखेको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय ललितपुरले बिहिबार आफ्नो सभा कक्षमा म्याट विच्छ्याएको थियो । कारण रहेछ शुक्रबारको अन्तराष्ट्रिय योग दिवस ।
दिउसो १ बजेबाट सुरु हुने भनिएको अन्तर्क्रिया कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय ललितपुरकी वरिष्ठ वैद्य तथा योग प्रशिक्षक जानुका भट्टराईले त पत्रकारहरुलाई योगाभ्यास पो गराउन थालिन ।
सभाहल भरी खचाखच रहेका पत्रकारहरुले उनको योग कलालाई पच्छ्याउनुको विकल्प थिएन ।
‘बास्तवमै आज मज्जा आयो,’ पत्रकार उद्धवराज भेटुवालले योगाभ्यास गरिसकेपछि प्रतिक्रिया दिए । अर्का पत्रकार सरोज ढुंगेलले पनि योगमा भाग लिन पाउँदा रिफ्रेस भएको बताए ।

करीव डेढ घण्टा चलेको प्रशिक्षणमा ललितपुरका स्थानीय पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो ।
योग प्रशिक्षक भट्टराईले स्वस्थ जीवन शैलीका लागि योगको महत्व दर्शाउदै विभिन्न योगका विभिन्न फाइदाबारेमा समेत बताएकी थिईन ।
दोस्रो सत्रमा चिकित्सालयकी प्रमुख डा. सृष्टि श्रेष्ठले आफ्नो कार्यालय पछिल्लो एक वर्षमा गरेका कार्यप्रगति विवरण बताएकी थिईन । उनका अनुसार सो चिकित्सालयबाट आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्मको तथ्यांकअनुसार ओपिडीमा ७५१३ जना महिला, ५५०४ जना पुरुष, पूर्वकर्मर पंचकर्ममा २२३८ महिला तथा १६७७ जना पुरुषले सेवा लिएका छन् ।

यस्तै अकुपञ्चर ९८५ महिला, ८६७ जना पुरुष, ल्याब १५४१ महिला र ११२५ जना पुरुष, योगमा ७९१ जना महिला र ६१ जना पुरुषले सेवा लिएको उनले बताइन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

