सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री यादव

72
Shares

 

काठमाडौँ, ६ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य मन्त्रालयका विनियोजित शीर्षकबारे छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री यादवले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सरकारको नीतिअनुसार मन्त्रालयले दत्तचित्त भएर आवश्यक कार्य गरिरहेको बताए ।

उनले अस्पताल तथा फार्मेसीको चुस्त व्यवस्थान गरी भीड व्यवस्थित गर्न, शल्यक्रिया, बहिरङ्ग सेवा (ओपिडी) लगायत सेवालाई सहज र सरल बनाउन अनुगमन गरी समस्या पहिचान तथा समस्या समाधानका लागि कमिटी गठन गरी काम सुरु गरेको पनि जानकारी गराए । ​

मन्त्री यादवले स्वास्थ्य बीमामार्फत पाइने औषधि तथा पूर्णरुपमा पाउने अवस्था बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *