इलाम अस्पतालमा जनशक्ति र पूर्वाधार व्यवस्था गर्न सांसद सुहाङ नेम्वाङको माग

68
Shares

काठमाडौँ, ६ असार । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाम अस्पतालमा जनशक्ति र पूर्वाधार व्यवस्था गर्न माग गरेका छन् ।

उनले संविधानत: प्रत्येक नागरिकलाई स्वास्थ्यसम्बन्धी हकको ग्यारेन्टी गरिएकोमा इलामका जनता त्यसबाट वञ्चित हुनुपरिरहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेम्वाङले इलामको एकमात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि ११ जना रिक्त भएको सुनउदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले इलाम जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी अनुसारको पदपूर्ति, भवन निर्माणगर्न सरकारसंग माग गरेका छन् ।

‘अस्पतालमा भेन्टिलेटर, आईसीयूलगायतका सेवाका लागि उपकरणहरू छन् । तर, दक्ष जनशक्ति अभावमा उपकरण त्यसै ब्रिग्रिएर जाने अवस्थामा छ । अस्पतालको भवन जीर्ण छ । सामान्य उपचारको लागि पनि झापा झर्नु पर्ने बाध्यता छ । अस्पताललाई सुविधा सम्पन्न बनाउन सकिए इलाम मात्रै होइन छिमेकी जिल्लाहरू ताप्लेजुङ, पाँचथर जिल्लाको जनताको लागि पनि उत्तिकै उपयोगी हुनेछ’, सांसद नेम्वाङले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *