६९ जिल्लामा फैलियो डेंगी संक्रमण, काठमाडौँ र झापामा सबैभन्दा बढी

104
Shares

काठमाडौँ, २६ जेठ । नेपालमा ६९ वटा जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगी संक्रमण देखिएको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, मधेश प्रदेशमा २९, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा १२९ कर्णली प्रदेशमा १५ र सुदूरपश्चिममा ११३ जनामा डेंगी पुष्टि भएको डा।दाहालले बताए।

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगी संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगी पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगी पुष्टि भएको छ ।

मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगी नभएको ईडीसीडीले जनाएको छ ।

गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *